मरुभुमिबाट आमालाइ चिठी

Author Profile: Tikendra Budathoki

This author has published 1 articles so far. More info about the author is coming soon.
User Rating:  / 0
PoorBest 

मरुभुमि बाट आमालाइ चिठी

पुजनिय आमा शेवा ढोग अनि स परिवारमा दर्जानुसारको नमस्कार भन्न चाहन्छु। आजका मिती सम्म त दःख सुखका साथमा मरुभुमिमा पसीना बगाउदै आफ्ना दिनहरु बिताइहेको छु । हे आमा पारीबारीक कलह र बेरोजगारीको सिकार बन्दै पैशातिरेर यो मरुभुमिमा श्रम बेच्न आएको पनि आज ७ बर्ष बित्न थालेछ। हो आमा आज पनि मेरो दिमागमा ति दिनहरु ताजै भएर बसेका छन्, जब हाम्रो घरमा आन्तरीक कलह सुरुभएको थियो तब सबै दाइहरुले माइला दाइलाइ दोस लगाउने गर्दथे, छिमेकिको कुरामा लागेर घरमा कलहको श्रीजना गराएको भन्दै सबै दाइहरु उहाको पछि लाग्ने गर्दथे, त्यहिनिहुमा साल्दाइ, काल्दाइ, अन्तरे दाइहरु घर छोडेर जंगलतिर लाग्नुभएको थियो । जब उहाहरु जंगलतिर लाग्नुभयो तब ठुल्दाइ संग साल्दाइ, काल्दाइ, अन्तरे दाइ लगायतको पनि दुस्मनि बढ्दै गयो अनि आफु–आफुमा रिसा रिस गर्दै हिड्न थाल्नु भयो।


 यसै सिल्सिलामा काल्दाइको छोराले ठुल्दाइको जेठा छोरालाइ मारिदियो, बिचरा बिबाहको सात दिनमै ति जेठि भाउजुले आफ्नो सिउदोको सिंदुर पुछ्न र चुरा फुटाउन बाध्य हुनुपरेको थियो,  यसरीनै दाइहरुमा दुस्मनि बढ्दैजादा जेठा दाइका छोराले हाम्रि अन्तरी दिदि र अन्तरे भिनाजुलाइ पनि निर्मम्ता पुर्बक मारीदीयो, बिचरा ४ बर्षको त्यो नाबालक भान्जो बाल्यकालमै टुहुरो भएको र भिनाजुका ८० बर्ष नाघेका ति बुढा बाबा–आमा पनि बुढेस्कालमा बेसाहारा हुनुपरेको घट्ना पनि तपाइको दिमागमा ताजै होलान् । यस्तै यस्तै घट्नाहरु दाइहरुले एकआपसमा घटाइरहनु भएको र बेरोजारीका कारण भौतारीदै बसेको म तपाइको कान्छो छोरोे जिबन रक्षाको लागी तपाइको काखलाइ छोडेर श्रम बेच्न यो मरुभुमिमा आउनुको अरुकुनै बिकल्प थिएन। 

 
 हो आमा जब म घर बाट हिडें दाइहरुको दुस्मनि झनै चुलीदै गएछ, अनि त्यो घट्नाले गर्दा तपाइ दिनदिनै बिरामी पर्दै जानुभएछ । हत्या, हिंसा, आतंक र भ्रष्टाचार जस्ता हृतयघाती रोगले तपाइलाइ जब ग्रस्त पारीसक्यो, जब तपाइको बाक्य बस्नथाल्यो अनि मात्र दाइहरुले तपाइको अबस्थाको बारेमा जानकारी पाएछन् । तत्कालै जेठा दाइले माइला दाइको मनखुसिको घरको सासनको कारणलेनै साइला, काइला, अन्तरे र जन्तरे लगाएतका दाइहरुले घर छोडेर हिड्नु परेको स्विकार्दै र माइला दाइलाइ घरको एकलौटी सासनबाट निकाल्ने आस्वसन दिदै साइला, काइला, अन्तरे र जन्तरे लगाएतका सबै दाइहरुलाइ तपाइको अबस्थाको बारेमा जानकारी दिएको र दाइहरु घरमा फर्किएर आएपछी सबैको निर्णय बमोजिम माइला दाइलाइ घरको जिम्मेवारीबाट हटाएको पनि तपाइलाइ थाहै होला। जंगलबाट घर फर्किएका साइलादाइले तपाइको अबस्थाको अतिनै चिन्ता गरेको कारण घरको सम्पुर्ण अधिकार साइला दाइलाइ दिने निर्णय सबै दाइहरुले गरेको पनि तपाइलाइ अबगतै होला । जब मैले यो खबर सुने तब मेरा खुशिका सिमानै रहेनन्, अब साइलादाइले तपाइलाइ लागेका हत्या, हिंसा, अतंक र भ्रष्टाचर जस्ता रोगहरुको सफल उपचार गराउनुहुनेछ अनि फेरी हामी तपाइको न्यानो काखमा उफ्रन पाउनेछौं भन्दै म खुशिले उफ्रीएको थिएं।


दिनहरु बित्दै जदा खै के भयो कुन्नि फेरि तपाइलाइ तिनै रोगले च्याप्न थालेको छ रे, साइलादाइले आमाको राम्रो ख्याल नगरेको भनेर जेठा दाइ लगायतले साइलादाइलाइ फेरी आरोप लगाउन थाल्नु भएको छ रे, हो आमा हामिलाइ तपाइको काख भन्दा अरु केहीपनि प्यारो लाग्दैन, हाम्रो घरमा भएको आन्तरीक कलह देखेर तल्ला घरका बाबैहरुपनि कुरा काट्दै हिड्छन रे, मुखले राम राम भन्दै बगलीमा छुरा बोकेर हिड्ने पनि धेरैछन् हाम्रो छिमेकमा तर दाइहरुले यो कुरा बुझ्नु भएको छैन त्यसैले आमा अब म लगाएत बिदेसिएका अरु दाइहरुका छोराहरुपनि चाडै घरमा आउदैछौं तपाइलाइ लागेका हत्या, हिंसा, आतंक तथा भ्रष्टाचार जस्ता रोगहरुको निर्मुल गर्न हामी जस्तोसुकै उपचार गर्नपनि पछि हट्ने छैनौं किनकी हामि तपाइको काख बिना बाच्नै सक्दैनौं । अन्त्यमा आमाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै र दाइहरुलाइ पारीबारीक कलह छोडेर आमाको उपचारमा एकजुट भएर लागीपर्न आग्रह गर्दै छिटै भेट्ने बाचाका साथ आमाको यादमा दौडिरहेको कलमको गतिलाइ यही बन्द गर्न चाहन्छु ।
उहि तपाइको कान्छो छोरो


टिकेन्द्र बुढाथोकी
मरुभुमि बाट
This email address is being protected from spambots. You need JavaScript enabled to view it.

कमेन्ट लेख्नुहोस (Add comment)


Security code
Refresh

एआरएन युएई जनचेतना अभियान

के तपाईं वैदेशिक रोजगारका क्रममा युएई आउदै हुनुहुन्छ? वा युएईमा कार्यरत हुनुहुन्छ? युएई सम्बन्धि जानकारीहरु हासिल गर्नुहोस्

एनआरएनए यूएईको महाधिवेशन सम्बन्धी नियमावली