पिडाभीत्र लुकेको म परदेशी

Author Profile: Manoj Aryal

This author has published 1 articles so far. More info about the author is coming soon.
User Rating:  / 4
PoorBest 

नेपालीलाई भईसक्यो विदेश गई कमाइन्छ । 
खै के थाहाँ उसलाई यहा सारा गुमाइन्छ ।।

परदेशमा आई गर्न् पर्छ धुपमा काम ।
मिहीनेत र परिश्रमको छैन यहाँ दाम ।।

आफ्नो घरमा सानोकाम गर्न भयो गाह्रो ।
परदेशमा तातो वालुवा हुन लाग्यो प्यारो ।।

तेहीकाम आफ्नो देशमा गरे कती हुन्थ्यो ।
साथी परदेश गाको देख्दा मेरोमन रुन्थ्यो ।।

देखिन्थो अरु साथी पैसा कमाई आको ।
गाठ्ठी कुरा आजबल्ल मैले थाहा पाको ।।

छैन त्याहा बाजेले कमाई राखेको धन|
कतिरोला हामी जस्ता परदेशिको मन ।।

कमेन्ट लेख्नुहोस (Add comment)


Security code
Refresh

एआरएन युएई जनचेतना अभियान

के तपाईं वैदेशिक रोजगारका क्रममा युएई आउदै हुनुहुन्छ? वा युएईमा कार्यरत हुनुहुन्छ? युएई सम्बन्धि जानकारीहरु हासिल गर्नुहोस्

एनआरएनए यूएईको महाधिवेशन सम्बन्धी नियमावली