गैर आवासीय नेपाली संघको खस्किदो साख र सामूहिक लगानी प्रस्ताव

Author Profile: Khem Paudyal

This author has published 28 articles so far. More info about the author is coming soon.
User Rating:  / 0
PoorBest 

जेपी सापकोटा
नोभेम्बर, २०   युएई

गैर आवासीय नेपाली संघको पाचौं विश्व सम्मेलन सकिएको एक महिना वित्तैछ । यो सम्मेलन विगतका बर्षहरुमा भन्दा निक्कै आलोचित रहेको चर्चा आमवृत्तमा सेलाएको छैन । सम्मेलनमा विभिन्न सेसनहरु चलिरहादा उम्मेदवार र समर्थकहरु भोट माग्न व्यस्त भएकोले हलका कुर्सीहरु प्राःय खाली देखिन्थे ।  दोश्रो दिन बेलुकी भएको अध्यक्षका उम्मेदवारबीचको अन्तरक्रियामा आरोप प्रत्यारोपले नेपाली संचार माध्यमहरुमा राम्रै स्थान पायो ।

यतिसम्मकि संघका प्रणेता मानिएका उपेन्द्र महतोले दुईदिनसम्म कार्यक्रमै सहभागिता जनाएनन् । अन्ततोगत्वा उनको 'घुर्की'ले अध्यक्षको सर्वसम्मति बनाउन त सफल भयो तर अघिल्लो पटक केही पदहरुमा मात्र निर्वाचन भएकोमा वर्तमान कार्यसमितिका सबैजसो पदको छिनोफानों मतपत्रबाटै टुागियो । सामाजिक संस्थामा राजनैतिक रंग पोतिएको भन्दै सर्वत्र आलोचना बेहोरेको यस पटकको विश्व सम्मेलनबाट संघको साख गिरेको मात्र होइन यही अवस्था विद्यमान रहेमा अबको दुई बर्षपछि हुने विश्व सम्मेलन महत्वहिन ठहरिने टिप्पणी समेत सर्वत्र सुनिने गरिएकोछ ।
यी परिदृश्यहरुबाट तीतो अनुभव समेटेको संघको वर्तमान नेतृत्वले यो परिवेशलाई आत्मसात गर्नुपर्ने दायित्व सम्झेको हुनुपर्छ ।  सम्मेलन सकिएको भोलीपल्ट काठमाडौंमा सम्पन्न नया कार्यसमितिको पहिलो वैठकले गैर आवासीय नेपालीहरुमा रहेको श्रोत र साधनलाई देश विकासकोलागि परिचालन गर्ने गरीको अवधारणा पत्र एक महिनाभित्रमा पेश गर्न  संघका वर्तमान अध्यक्षलाई अह्रायो । यही निर्णयलाई कार्यरुप दिदै अन्तरराटि्रय समन्वय परिषदका अध्यक्ष जिवा लामिछानेले यसको पहिलो अवधारणा पत्र नोभेम्बर १२ मा कार्यसमिति समक्ष पेश गरेका छन् । यसमा निक्कै समय अघिदेखि चर्चामा रहेको तथा गत जनवरीमा दुबईमा सम्पन्न संघको पााचौं क्षेत्रिय सम्मेलनले अघि बढाएको सामूहिक लगानी कोषको अवधारणालाई मूर्तरुपदिने योजना सहितको अवधारणा समेटिएको छ ।  यो अवधारणा पत्रलाईलाई एनआरएनएका ५७ वटै राष्ट्रिय समन्वय परिषद्मा छलफल र सुझावकोलागि पठाइएको छ । यसमा एनआरएनएको मुख्य उद्येश्य ज्ञान, सीप, पूाजी तथा अन्य श्रोत र साधनहरुलाई नेपालको आर्थिक र सामाजिक रुपान्तरणकोलागि सरकार र नेपाली जनताहरुसाग सहकार्य र समन्वय गर्ने तथा सरकारले घोषणा गरेको  लगानी बर्ष सन् २०१२/०१३  मा सरकारी प्राथमिकता क्षेत्रमा लगानी भित्र्याउने तथा सरकारी क्षेत्रबाटपनि त्यस्तो वातावरणमा सहयोग प्राप्त गर्ने कुरा विश्वास गरिएको छ ।
उल्लेखित अवधारणामा सामूहिक लगानी कोषको स्थापना गर्न हालसम्म स-सानों रुपमा भैरहेको लगानीलाई व्यवस्थित गर्न तथा कम ज्ञान र सीप भएका तर नेपालमा लगानी गर्न इच्छुक गैर आवासीय नेपालीहरु तथा नेपाली मूलका विदेशी नागरिकहरुमा समेत लगानीसहजकर्ताको रुपमा सामूहिक लगानी कोषको अवधारणा ल्याइएको हो । वर्तमान अवस्थामा केवल मजदुर भनेर चिनिएका मध्यपूर्व, कोरिया र मलेसियाका कम आय भएका नेपालीहरुलाई समेत एउटा विराट कम्पनीको स्वामित्व दिलाउने अभियानको रुपमा मात्र नभै यस्तो लगानीले संबृद्ध नेपाल बनाउने एनआरएनको परिकल्पनालाई सहयोग पुग्ने अस्त्रको रुपमा समेत यसलाई अगाडि ल्याइएको छ ।
बर्षेनी विप्रेषणको रुपमा नेपाल भित्रिने ठूलो पूजी घर जग्गा तथा अनुत्पादक क्षेत्रमा खर्च भैरहेकोमा यसलाई एनआरएनए क्रियाशिल रहेका  क्षेत्रबाटै बचतको हिस्सालाई संकलन गरिने प्रस्तावमा उल्लेख छ । यसको पहिलो प्रोजेक्टको रुपमा १ सय मेघावाटसम्मको विद्युत उत्पादन कार्यको तत्कालै थालनी हुने  समेत उल्लेख छ । यसलाई अझ व्यवस्थित गर्न एनआरएनए अन्तर्गत 'सामूहिक लगानी कम्पनी'  नेपालमा दर्ता गर्ने र लगानी प्रकृया अगाडि बढाइने छ । कम आय भएका मध्यपूर्व, कोरिया तथा मलेशियाका कामदारहरुलाई समेत यो परियोजना अन्तर्गत समेटिने छन् । यसका लगानीकर्ता नेपाली मूलका विदेशी नागरिक -पीएनओ) तथा गैर आवासीय नेपाली मात्र रहनेछन् । यस्तो गैर आवासीय नेपालीको सामूहिक लगानी कम्पनीमा १ लाख रुपैयाको न्यूनतम शेयर सीमा तोकिएको छ । सो भन्दा कम लगानी क्षमता भएका एनआरएनहरुले आफूहरुबीचमा समूह बनाएर १ लाख रुपैया संकलन गर्ने वा अर्को छुट्टै कम्पनी दर्ता गरेर कर्पोरेट लगानीकर्ताको रुपमा लगानी गर्न सक्नेछन् ।  यस्तो कम्पनीमा एकल लगानीको माथिल्लो रकम १ करोड रुपैया भन्दा बढी हुने छैन ।
रकम संकलन गरिएको आधारमा सोही क्षेत्रको मूल प्रतिनिधित्व व्यस्थापन समितिमा रहने व्यवस्था प्रस्तावमा उल्लेख छ ।  लगानीकर्ताहरुलाई विभिन्न समूहमा विभाजन गरि भिन्नाभिन्दै समिति वा परियोजनाका छुट्टै समिति रहने व्यस्था गरिनेछ । उदाहरणार्थ कूल लगानी ३ करोड ५० लाख भएमा यसलाई विभिन्न ७ वटा समूहमा विभाजन गरी भिन्नाभिन्नै परियोजनाको पहिचान र लगानीको अवधारणा अघि बढाइनेछ ।  यसरी एउटा समूह अन्तर्गत ५० करोड भन्दा नबढने गरीको लगानीमा यसको व्यवस्थापन छुट्टै निर्देशकको जिम्मामा रहनेछ व्यवस्था गरिनेछ । यस्तो रकम संकलन गर्नुअघि एनआरएन बसोवास रहेका विभिन्न क्षेत्रमा सामूहिक लगानी कोषका विविध पक्षमा प्रचार प्रसार तथा छलफल गरिनेछ । सो स्थानमा रहेका संस्थाका प्रतिनिधिहरु मार्फत लगानीकोलागि प्रतिज्ञा गरिएको रकमको कूल योग निर्धारण हुनेछ । यो रकम कम्पनी दर्ताको बखत तोकिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ । कोषमा रकम जम्मा गरेपछि संचालक समितिले लगानीको क्षेत्र निर्धारण गर्नेछ । तर यस्तो क्षेत्र निर्धारण गर्नुअघि सरकारले तोकिदिएका प्राथमिकताका क्षेत्रहरुलाई समेत ध्यानमा राखिनेछ ।
कानुनी पक्ष  कम्पनी स्थापनापूर्व देशको विद्यमान कानुनबारे अध्ययन गरिनेछ । कम्पनी ऐन २००६ अन्तरगत कुनैपनि गैर आवासीय नेपाली नागरिक -एनआरएको रुपमा होइन) नेपालमा दर्ता रहेको कम्पनीको शेयर होल्डर्स वा लगानीकर्ता हुन पाउने व्यवस्था रहेकोछ । तर नेपाली नागरिकता त्यागेका गैर आवासीय नेपालीहरु -पीएनओ) भने वैदेशिक लगानी तथा प्रविधि ट्रान्सफर ऐन १९९२ अन्तर्गत स्थापित संयुक्त लगानी कम्पनीमा सहभागीता जनाउन सक्ने छन् ।  यसको अतिरिक्त गैर आवासीय नेपाली ऐन २००८ तथा गैर आवासीय नेपाली नियमावली २००९ को व्यवस्था अन्तरगत पीएनओले समेत १० बर्ष विशेष आवासीय सुविधा प्राप्त गर्नसक्ने, वैदेशिक मुद्रा कारोवार सुविधा समेतको प्रवाधान रहेको विद्यमान अवस्थाममा नेपाली मूलका विदेशी नागरिक तथा गैर आवासीय नेपाली नागरिकहरुमा समान व्यवस्थाले लगानीकोलागि सुविधामा एकरुपता पाइन्छ । यस अन्तरगत कार्ड प्राप्त गरेका पीएनओले वैदेशिक मुद्रामा नेपालका वाणिज्य बैकहरुमा खाता खोल्न पाउने व्यवस्था समेत रहेकोछ ।
सामूहिक लगानी कोषमा रकम जम्मा गर्ने तरीकाः विदेशमा रहेका नेपाली समुदायका ससानों समूह मिलेर सामूहिक लगानी अन्तर्गतका उनीहरुले चाहेका परियोजनामा लगानी गर्न सक्नेछन् । यसकोलागि संघ भित्र रहेका विज्ञहरुले सहयोग गर्ने छन् । यसको लागि निम्न कदमहरु प्रस्ताव गरिएको छः
क) लगानीको रोडम्याप तयार गरी लगानीका परियोजनाबारे विभिन्न क्षेत्रमा छलफल गरिने ।
ख) लगानी प्रस्तावका चुनौति, कमजोरी, अवसर र यसका सवल पक्षबारे अध्ययन गरिने ।
ग) परियोजनाहरु सार्वजनिक गरी त्यसमा लगानी गर्न इच्छुक  लगानीकर्ताहरुको सूचि बनाउने ।
घ) अन्तिम सूचि तयार भैसकेपछि नेपालमा कम्पनी दर्ता गरिने ।
ड) लगानी समूहकोलागि प्रतिनिधिहरुको चयन गर्ने ।
च) नेपालमा व्यस्थापकीय बोर्डको तयारी गर्ने ।
छ) परियोजना संचालन ।
सबल र दुर्वल पक्ष
लगानीको माथिल्लो रकम तोकिनुले यस्तो कम्पनीमा पैसावालाको मात्र बोलवाला नहोस् भन्ने पक्षलाई ध्यान दिएको देखिन्छ भने न्यूनतम शेयरमा समेत समूहगत लगानीलाई स्थान दिने व्यवस्थाले जतिसुकै कम आय भएका एनआरएनहरुले समेत लगानीबाट वञ्चित हुनपर्ने छैन । लगानीकर्ताको रोजाइ अनुसार लगानी गर्न इच्छाएको रकमलाई विभिन्न समूहमा विभाजन गर्ने  सो को लागि सोही क्षेत्र वा समूहको निर्देशक हुने व्यवस्थाले ठूलो कम्पनीका वेफाइदाबाट बच्ने तथा कुनै एउटा क्षेत्र कमजोर भएमा तुरुन्तै हस्तक्षेपकारी गुणलाई समेत समेट्ने प्रयास गरेको पाइन्छ । बढी लगानी गर्न इच्छुक लगानीकर्तालाई प्रस्ताव गरिएका विभिन्न परियोजना तोकिएको उपल्लो अंक नबढ्ने गरी लगानीको अवसरको ढोका समेत खुल्ला गरिदिएको छ । स-सानों रुपमा छरिएको लगानीको सदुपयोग गर्ने ठाउा नपाइएकोले नै अनुत्पादक कार्यमा खर्च भैरहेकोमा यसले लगानीको अवसर प्रदान गर्नेछ । यसबाट व्यवस्थापकीय क्षमताको अभावलाई पूर्ति गर्ने तथा एउटा ठूलो परियोजनाको लगानीकर्ताको समान हैसियतको  गौरव प्राप्त हुनेछ । चुनिएका व्यक्तिहरुबाट गरिने व्यवस्थापन तथा बचतको निश्चित हिस्सामात्र लगानी गरिएबाट जोखिमको कम संभावना रहने देखिन्छ ।  तर पहिले रकम जम्मा गर्ने र त्यसपछि मात्र कम्पनी दर्ता गर्ने प्रावधानबाट धेरै समयसम्म संकलित रकम फि्रज भएर बस्ने डर हुन्छ । विभिन्न सम्मेलनहरुबाट व्यक्त घोषणा पत्रहरु कार्यान्वयन नभै रहेको अवस्थामा यो परियोजनाको कार्यान्वय पक्षबारे शंका हुनु स्वभाविक हो । यसर्थ एनआरएनहरुको 'गराई भन्दा भनाई धेरै' भन्ने  आरोपबाट बच्न समेत यसको यथाशीघ्र कार्यान्वयनमा वर्तमान कार्यसमिति सचेत रहनु आवश्यक देखिन्छ ।  
यो प्रस्तावबारे खाडीस्थित एनआरएनहरुपनि उत्साहित देखिएका छन् । 'हामी एनसीसी अन्तरगत सामूहिक लगानी कोष संयोजन समिति तत्काल गठन गर्दैछौ,' मध्यपूर्वकै सबैभन्दा बढी सूचिकृत सदस्य भएको एनसीसी, युएईका अध्यक्ष चन्द्र रोकाहाले भने । साउदी अरबका अध्यक्ष धरम केसीले 'प्रस्ताव राम्रो भएको' विचार पोखे । कतार रहेर नेपाली पत्रकारीता समेत गर्दै आएका कुमार कार्कीले 'यो प्रस्तावले न्यून आय भएका एनआरएनसम्म पुग्ने भावनालाई समेटेको छ, तर यसको कार्यान्वय संबन्धित क्षेत्रका एनआरएन प्रतिनिधिहरुको व्यवहारमा भरपर्ने' टिप्पणी गरे ।।।

कमेन्ट लेख्नुहोस (Add comment)


Security code
Refresh

एआरएन युएई जनचेतना अभियान

के तपाईं वैदेशिक रोजगारका क्रममा युएई आउदै हुनुहुन्छ? वा युएईमा कार्यरत हुनुहुन्छ? युएई सम्बन्धि जानकारीहरु हासिल गर्नुहोस्

एनआरएनए यूएईको महाधिवेशन सम्बन्धी नियमावली